पहिराले घर पुरिँदा पोखरामा एकै परिवारका ७ जनाको मृत्यु

127 पटक पढिएको

सम्पादक: Dhading News

पोखरा । पहिराले घर पुरिँदा पोखरामा एकै परिवारका ७ जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नं. १९ पुरुन्चौर ठाँटीका कुलबहादुर परियारको घर पहिराले पुरिँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा कुलबहादुर परियार, मनकुमारी परियार, लक्ष्मी परियार, प्रशना परियार, प्रभाव परियार, अमित परियार र राधिका परियार रहेका छन् । पहिरामा पुरिएका साेही परिवारका २ जनाको सकुशल उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याइएको छ । गएराति १०ः१५ बजे घर माथिबाट आएको पहिराले घर पुरिएको बताइएको छ ।