त्रिशूली नदीमा बेपत्ता दुईवटा बस भेटिएन ६५ जना यात्रुको अवस्था पनि अज्ञात

213 पटक पढिएको

सम्पादक: Dhading News

चितवन । शुक्रवार विहान ३.३० वजे चितवनको सिमलतालमा पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन ।
नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरोमा पुरिएर बस त्रिशूली नदीमा खस्दा बसमा सवार ६५ जना को समेत अवस्था खुल्न सकेको छैन ।

त्रिशूलीमा जलसतह उच्च भएकाले खोजीमा समस्या भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले वताए । विहानै देखि अहिले नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर का साथै नेपाल प्रहरीको टोलीले घटनास्थल क्षेत्रमा डुङ्गाको सहायतामा खोजी गरिरहेको छन् । अहिलेसम्म बस फेला पर्न नसकेको प्रजिअ यादवले जानकारी दिए ।

शुक्रबार बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका थिए । प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए ।