सरकारमा दाबी पेश गर्न देउवा र ओलीले गरे हस्ताक्षर

167 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनको लागि आवश्यक कागजातमा हस्ताक्षर गर्नुभएको छ।

प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएर स्वतः पदमुक्त भएका कारण राष्ट्रपति कार्यालयले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्ने भएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले प्रक्रिया शुरु गरेको हो ।