विपद्‍मा परी गत जेठ २८ गतेदेखि  असार २८ गते शुक्रबारसम्म १०३ जनाको मृत्यु

67 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी गत जेठ २८ गतेदेखि   शुक्रबारसम्म १०३ जनाको मृत्यु भएको छ ।

जसमा सबैभन्दा बढी गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कोशी प्रदेशमा १९ जना, सुदूरपश्चिम प्रदेशमा ७ जना, बागमती प्रदेशमा ६ जना, मधेश प्रदेशमा ५ जना, कर्णाली प्रदेशमा ४ जना र काठमाडौं उपत्यकामा १ जना गरेर जम्मा १०३ जनाको मृत्यु भएको  प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

बाढी, पहिरो लगायतका विपद्‍मा परेर कोशी प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा २८ जना, कर्णाली प्रदेशमा १५ जना, सुदूरपश्‍चिम प्रदेशमा ११ जना, लुम्बिनी प्रदेशमा ९ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ४ जना र काठमाडौं उपत्यकामा ३ जना गरेर जम्मा १०९ जना घाइते भएका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार घाइतेलाई उपचारको लागि स्थानीय अस्पताल पुर्याएको छ भने कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्दार गरिएको छ ।