त्रिशूलीमा हराईरहेको बस र मान्छेको खोजी ड्रोन र सोनार क्यामेराबाट

308 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ न्यूज
चितवन,२९ असार । शुक्रबार बिहान नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बस र तिनका यात्रुको खोजी कार्य आज पनि शुरु गरिएको छ । शुक्रवार दिनभर खोज्दा पनि नभेटिएपछि आज ड्रोन र सोनार क्यामेराबाट हराईरहेको बस र मान्छेको खोजी थालिएको छ।

सशस्त्रका सहप्रवक्ता, डीएसपी शैलेन्द्र थापाका अनुसार पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टमसहित आज बिहानैदेखि खोजी थालिएको होर्। याफ्ट बोटमा जडान गरेर सोनार क्यामेराले पानीभित्रका वस्तु हेर्न सहयोग पुर्‍याउँछ।

खोजी कार्यमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय (कुरिनटार) बाट ९ जना गोताखोरसहित २५ जना र १७ नम्बर गण (चितवन) बाट विपद् व्यवस्थापन तालिम प्राप्त ११ जनासहित ३५ जनाको सुरक्षा फौज खोजी परिचालन गरिएको छ। साथै नेपाली सेना र नेपाल प्रहरी र वेपत्ता भएकाहरुको आफन्त पनि खोजीमा जुटेका छन्।

काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँ आउँ गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूलीमा खसेर बेपत्ता भईरहेको छ ।

काठमाडौँबाट गौर जाँदै गरेको बसमा २७ तथा वीरगन्जबाट काठामाडौँतर्फ आउँदै गरेको बसमा २४ यात्रु रहेको स्थानीय प्रशासनले जनाएको छ। उक्त दुर्घटनामा परेका ३ यात्रु भने पौडी खेलेर बाँच्न सफल भएका छन्।