बैरेनीमा निः शुल्क स्वास्थ्य शिविर ७२५ जनाले लिए विभिन्न प्रकारको सेवा

771 पटक पढिएको

६ श्रावण २०८१, आईतवार ०८:१४ सम्पादक: धादिङ न्यूज

धादिङ, ६ साउन २०८१ । वीर अस्पतालको १३४ औं वार्षिकोत्सवको अवसरमा धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनीवजार स्थित वागेश्वरी माविमा  निः शुल्क स्वास्थ्य शिविर संचालन भएको छ।

वीर अस्पताल र  गल्छी गाउँपालिकाद्वारा संयुक्त आयोजित   निःशुल्क स्वास्थ्य शिविरमा विर अस्पतालमा कार्यरत विशेशज्ञ चिकित्सकबाट ७२५ जनाले विभिन्न प्रकारको सेवा लिएका छन् ।

शिविरमा जनरल प्राक्टिस तथा जेष्ठ नागरिक,छाला तथा यौनरोग, सामान्य चिकित्सा, शल्य चिकित्सा, मुटुरोग, मुख तथा दन्त, छातीरोग, मधुमेह थाइरोइड, , हाडजोर्नी, नाक कान घाँटी, मानसिक रोग, महिलारोग, रेडियोलोजी,प्रयोगशाला जाँच, औषधि वितरण तथा स्वास्थ्य शिक्षाको कार्यक्रमसमेत राखिएको थियो।

डा.नरेन्द्र खनालको संयोजकत्वमा आएको चिकित्सकहरुको टोलीमा वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेल तथा अन्य चिकित्सक, नर्स, स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

शिविर उद्घाटन कार्यक्रममा  गल्छी गाउँपालिकाका जनप्रतिनिधिहरु,कर्मचारीहरु साथै स्थानीयको सहभागिता रहेको थियो ।

शिविर संचालनका लागि गल्छी गाउँपालिकाका कर्मचारी, बैरेनी अस्पतालका स्वास्थ्यकर्मीहरु, वागेश्वरी माविका शिक्षक बिद्यार्थी, स्काउटका प्रतिनिधि, स्थानीय सुरक्षाकर्मी, राजनैतिक दलका प्रतिनिधिहरु लगायतको सहयोग रहेको थियो ।

शिविर संचालनका लागि गल्छी गाउँपालिकाका कर्मचारी, बैरेनी अस्पतालका स्वास्थ्यकर्मीहरु, वागेश्वी माविका शिक्षक बिद्यार्थी, स्काउटका प्रतिनिधि, स्थानीय सुरक्षाकर्मी, राजनैतिक दलका प्रतिनिधिहरु लगायतको सहयोग रहेको थियो ।