नवनियुक्त कृषिमन्त्रीलाई थांक्रे गाउँपालिकाको शुभकामना
406 पटक पढिएको
६ साउन,थाक्रे : धादिङको थाक्रे गाउँपालिकाले कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीलाई शुभकामना तथा बधाई दिएको छ।
शनिवार पालिकाको सभाहलमा भएको कार्यक्रममा पालिकाका अध्यक्ष रामकुमार आचार्य र उपाध्यक्ष यन्त्र बहादुर थापाले पालिकाको तर्फबाट मन्त्री अधिकारीलाई बधाई तथा शुभकामना दिनु भएको हो ।
मन्त्री अधिकारीले यो सम्मान र शुभकामनालाई आफूले ग्रहण गरेको र तपाइहरुको साथ सहयोग र मायाको कारण आज यस स्थान सम्म पुग्न सफल भएको भन्दै धादिङवासी सबैलाई धन्यवाद दिनु भयो।
आफू किसानको छोरा भएको र आफुले तेही अनुरूप काम गर्ने जिम्मेवारी पनि पाएको भन्दै अब किसानको समस्या समाधान हुने बताउनु भयो। तपाइहरु बाट उपयुक्त सुझावको आशा राखेको र मैले सके सम्म राम्रो काम गर्छु यदि मैले राम्रो काम गर्न सकिन भने कलङ्कको टिको बोकेर चाहिँ फर्कने छैन मन्त्री अधिकारीले बताउनु भएको छ ।
कार्यक्रममा स्वागत तथा शुभकामना एवं बधाई दिनु हुदै पालिकाका उपाध्यक्ष यन्त्र बहादुर थापाले आफ्नै जिल्लाको मन्त्री पाएकोमा खुसी लागेको र किसानको लागि पक्कैपनि राम्रा कार्यक्रमहरू आउने छन् भन्ने विश्वास राखेको बताउनु भयो। कार्यक्रमका अध्यक्ष तथा पालिकाका अध्यक्ष रामकुमार आचार्यले पनि कृषि मन्त्री अधिकारीलाई शुभकामना तथा बधाई दिनु हुँदै जिल्लामानै यसरी पालिकाको भवन भित्र कृषि मन्त्री लाइ बधाई तथा शुभकामना दिने पहिलो पालिका रहेको बताउनु भयो।
कार्यक्रममा पालिकाका पूर्व उपाध्यक्ष अम्बिका रूपाखेती , वडा अध्यक्षहरू , पुर्व वडा अध्यक्षहरू , कार्यपालिका सदस्य , बिभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधि स्थानीय लगायतको उपस्थिति रहेको थियो।