‘मनको मान्छे’ लिएर आईपुगिन सृजना

437 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ ,१३ साउन ,२०८१ ।
धादिङ – ‘मनको मान्छे’ बोलको गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ।शास्त्रीय छन्दमा निरन्तर कविता लेख्दै आईरहेकी धादिङकी सृजना अर्याल अधिकारीको रचना म्युजिक भिडियोमा उतारिएको छ ।

गायिका रचना रिमाल र गायक आलिफ खानको स्वरमा रहेको गीत ‘मनको मान्छे’ साउन १२ गते शनिवार सृजनाको आफ्नै युट्युव च्यानल  मार्फत सार्वजनिक गरिएको हो। गीतमा सृजना अर्यालको शब्द र नारायण दंगालको संगीत रहेकोछ ।भिडियोमा अभिनय गर्ने श्रीजल सृजनाका छोरा हुन् ।

‘खोज्नेले त दसी खोज्लान, माया जाच्ने कसी खोज्लान’ भन्ने बोलको गितबाट शुरु भएको म्युजिक भिडियोमा रचनाकार सृजनाको पनि अभिनय देख्न सकिन्छ । भिडियोमा जानकी कुँबर र श्रीजल अधिकारीको अभिनय रहेको छ । देवेन्द्र कुँबरको निर्देशन रहेको म्युजिक भिडियो तारिफयोग्य बनेको छ।

गीतकार अर्यालको प्रेमिल शब्दअनुसारको म्युजिक भिडियो बनेको छ। राजेश कुमारको सम्पादन रहेको म्युजिक भिडियोमा निर्देशक कुँबरले गीतको भावजस्तै निर्देशन र कोरियोग्राफीमा भिडियो तयार पारेका छन्।
भिडियोमा जानकी र श्रीजलको जोडीले उत्कृष्ठ अभिनय गरेका छन् ।

पहिलो कृतिका रुपमा पाँच बर्ष अघि  ‘सुनको पिँजडा ‘ नामक कविता संग्रह प्रकाशन गरेकी सिर्जनाको दोश्रो कृति ’बोध अन्तर्बोध’ कवितासङ्ग्रह २०८० फागुनमा सार्वजनिक भएको थियो । यो बाहेक ‘गुलावी मन’ र ‘आशाको दियो’ गित यस अघि आईसकेका छन् । सिर्जनाका सयौं कविता र गजल पत्रपत्रिका, रेडियोका साथै डिजिटल मिडिया मार्फत प्रकाशन,प्रसारण भईसकेका छन्  भने केही गित आउने तयारीमा रहेको वताईएको छ ।