गोरखाको धार्चे पहिरोमा परेर बेपत्ता भएका चार जनाको शव फेला

561 पटक पढिएको

१४ श्रावण २०८१, सोमबार १६:४३ सम्पादक: धादिङ न्यूज

गोरखा-गोरखाको धार्चे गाउँपालिका–५ स्थित रेसेफाँटमा लेदोसहितको पहिरोमा परेर बेपत्ता भएका चार जनाको शव फेला परेको छ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसहितको टोलीले खोजी गर्ने क्रममा बेपत्ता भएकामध्ये ४ जनाको शव फेला परेको हो।

उक्त पहिरोमा परी ५ जना बेपत्ता भएका थिए। अर्का एक जनाको शव खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

पहिरोमा परेर बेपत्ता भएकामध्ये धार्चे गाउँपालिका–५ रेसेका ३७ वर्षीय जितबहादुर गुरुङ, उनकी श्रीमती ३५ वर्षीया कान्छी गुरुङ, बुवा ६० वर्षीय सुकलाल कान्छा गुरुङ र सोही ठाउँका ३३ वर्षीय रमेश गुरुङ शव फेला परेको हो।