सरकारले गर्‍यो चीन लगायत १८ देशका लागि राजदूत सिफारिस

170 पटक पढिएको

सम्पादक: Dhading News

साउन १५, २०८१

काठमाडौं । सरकारले चीन लगायत १८ देशका लागि राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १८ देशमा राजदूत नियुक्ति सिफारिस गर्ने निर्णय गरेको हो ।

यस्तै चीन, रुस, अष्ट्रेलियालगायतका देशका राजदूत फिर्ता बोलाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । ती देशमा नयाँ राजदूत सिफारिस गर्ने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।चीनमा नेपाली राजदुतका रुपमा धादिङका बिष्णुपुकार श्रेष्ठ कार्यरत हुनुहुन्थ्यो । सरकारले श्रेष्ठलाई फिर्ता बोलाएर सो ठाउँमा कृष्णप्रसाद ओलीलाई सिफारिस गरेको छ ।

बैठकले भारतका लागि शंकर शर्मा, अमेरिकाका लागि लोकदर्शन रेग्मी, चीनका लागि कृष्णप्रसाद ओली र बेलायतका लागि चन्द्रप्रसाद घिमिरेको नाम सिफारिस गरेकाे हाे ।

यस्तै जर्मनीका लागि शैल रुपाखेती, साउदी अरबका लागि नरेशविक्रम ढकाल, इजरायलका लागि धनप्रसाद पण्डित, दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठ र दक्षिण कोरियाका लागि शिवमाया तुम्बाहाङ्फेको नाम सिफारिस भएको छ ।

यसैगरी पोर्चुगलका लागि प्रकाशमणि पौडेल, पाकिस्तानका लागि रिता धिताल, अस्ट्रेलियाका लागि कान्ता रिजाल, स्पेनका लागि सनिल नेपाल र मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिनाको नाम सिफारिस भएको छ ।

कुन देशमा को ?

१) भारत- शंकर शर्मा (यथावत)

२) अमेरिका -लोकदर्शन रेग्मी

३) बेलायत -चन्द्र घिमिरे

४) चीन-कृष्णप्रसाद ओली

५) दक्षिण कोरिया- शिवमाया तुम्बाहाङफे

६) मलेसिया -नेत्र तिमिल्सिना

७) पाकिस्तान- रिता धिताल

८) पोर्चुगल- प्रकाशमणी पौडेल

९) साउदी अरब -नरेशविक्रम ढकाल

१०) इजरायल -धनप्रसाद पण्डित

११) दक्षिण अफ्रिका–कपिलमान श्रेष्ठ

१२) अस्ट्रेलिया कान्ता रिजाल