ईभी माइक्रो बसमाथि रुख बजारिदा ९ जना यात्रु घाईते

355 पटक पढिएको

सम्पादक: Dhading News

धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ मा पर्ने पृथ्वीराजमार्गको घाटबेसी बाङ्गेमा गुडिरहेको ईभी माइक्रो बसमाथि पहिरोसँगै रुख ढलेर बजारिदा ९ जना यात्रु घाईते भएका छन् ।

धादिङबेंसीबाट काठमाडौं जादै गरेको बागमती प्रदेश ०१-००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बसमाथि पहिरोसँगै रुख ढलेर बजारिदा ९ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ।

घाइतेमध्ये १ जनालाई उपचारका लागि काठमाण्डौ रिफर गरिएको छ भने बाँकी ८ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको र घाइते सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।

पहिरो खसेर केहीबेर अवरुद्ध भएको राजमार्ग अहिले खुलिसकेको छ।