धुनिबेशीका एमाले नेता पाण्डेलाई श्रद्धाञ्जली दिन शोक सभा

238 पटक पढिएको

सम्पादक: Dhading News

धुनिबेशी, २२ साउन, २०८१ । नेकपा एमाले धुनिबेशी नगर कमिटीका प्रथम अध्यक्ष स्वर्गिय रामराजा पाण्डेको स्मृतिमा शोक सभा आयोजना गरि सामुहिक श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

पाण्डेको निधन भएको १३ औं दिन पारेर नेकपा एमाले धुनिबेशी नगरकमिटीले  शोक सभाको आयोजना गरेको हो ।

धुनिबेशी नगरपालिका वडा नम्बर ७ को नृवेश्वर महादेव मन्दिर छेउमा साउन २१ गते सोमबार आयोजित शोक सभालाई नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र पाण्डे, केन्द्रिय सदस्य एवम धादिङ इन्चार्ज डा.खेम लोहनी,जिल्ला अध्यक्ष भूमि त्रिपाठी, एमाले नेता पूर्व मन्त्री डा.रामकुमार अधिकारी,  एमाले बागमती प्रदेश सचिवालय सदस्य तथा संघीय निर्वाचन क्षेत्र नम्बर १ का इन्चार्ज रमेश आचार्य का साथै पाण्डेका परिवार,आफन्तजन,बिभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधी, एमालेका विभिन्न तहका नेता कार्यकर्ता,स्थानीयहरुको  उपस्थिति रहेको थियो । शोक सभालाई सम्वोधन गर्ने अधिकांशले स्वर्गिय पाण्डेको सामाजिक तथा राजनैतिक भूमिका, पाण्डेको निधनले धुनिबेशीलाई परेको अपूरणीय क्षतीका बिषयमा वोल्दै शोकलाई शक्तिमा बदलेर पाण्डेले देखेका सपना र गर्न चाहेर पनि पुरा हुन नसकेका कामहरु पार्टीको तर्फबाट गर्नुपर्ने कुरामा जोड दिंदै मृत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवार जन प्रति समवेदना व्यक्त गरेका थिए ।

धादिङका एमाले नेता  पाण्डेको २०८१ श्रावण ९ गते बुधबार  विहान चिरायु अस्पतालमा मृत्यु भएको थियो ।२०२३ माघ १४ गते जन्मिएका पाण्डे मृगौला रोग लागेपछि २ बर्षदेखि उपचार गराईरहेका थिए ।