धादिङ जिल्लाले पटक पटक मुख्य मन्त्री र मन्त्री पाएपनि थोपलखोलामा बनेन पुल धादिङबेसीमै छैन पक्की पुल, भएको कजवे पनि बाढीले बगाउन थाल्यो

265 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ,२३ साउन, २०८१ । धादिङबेसी पुछारवजार वसपार्क हुंदै पशुपति मन्दिर तर्फ जाने सडकको थोपलखोलामा पक्की पुल वन्न नसक्दा धादिङ जिल्लाको विकासको गति कुन अबस्थामा छ छर्लङ्ग हुन पुगेको छ । धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा एटा पक्की पुल नहुँदा आम नागरिकले निकै त्रास र सास्ती खेप्नु परेको छ । दुई दुई पटक प्रदेश सरकारको मुख्य मन्त्री, पटक पटक संघीय तथा प्रदेश सरकारमा मन्त्री नछुट्ने धादिङ जिल्लाको सदरमुकाममा एउटा पुल वन्न सकेन भन्दा धेरैलाई आश्चर्य लाग्न पनि सक्छ ।
झट्ट सुन्दा अपत्यारिलो लागेपनि यथार्थ पनि यहि नै हो सदरमुकाम धादिङबेसीबाट जिल्लाको उत्तरी भेग तर्फ जाने मुख्य सडक धादिङबेसी साङकोष तिप्लिङ सडकको मुख्य नाका पुछारवजार थोपलखोलामा पक्की पुल निर्माण हुन सकेको छैन । खोलाबाट सवारी साधन र मानिसहरु आवतजावत गर्ने एकमात्रै माध्यम बनेको थोपलको कजवेमा बाढीले क्षती पु¥र्याएपछि थप जोखिममा परेको छ । कजवेको दुवै तर्फ बाढीले कटान गरिदिंदा सपोर्टमा लगाईएको वाल भत्किएर डर लाग्दो अवस्था भएपछि पशुपति मन्दिर क्षेत्रबाट सदरमुकाम धादिङबेसी आवतजावत गर्ने नागरिकमा डर त्रास थपिन पुगेको छ ।

जिल्लाको उत्तरी भेगमा पर्ने रुवीभ्याली,खनियावास, नेत्रावती डवजोङ, गंगाजमुना र त्रिपुरासुन्दरी गाउँपालिकाका साथै नीलकण्ठ नगरपालिकाको वडा नम्बर १२,१३, ११ र ९ नम्बरका वासिन्दा दैनिक आवतजावत गर्न  थोपलखोलाको पशुपति मन्दिर नजिकै २०६२ सालमा निर्माण भएको कजवेमा भरपर्नुपर्ने अवस्था रहेको छ ।
दैनिक ५ सय भन्दा धेरै मोटर गुड्ने र एक हजार भन्दा धेरै मानिस ओहोर दोहोर गर्ने सो ठाउँमा पुल निर्माण गरिदिन स्थानीय सरोकारवालाले संघीय सरकार, प्रदेश सरकार, नीलकण्ठ नगरपालिकाको पटकपटक ध्यानाकर्षण गराउँदा पनि कसैले सरकारले चासो देखाएको छैन ।
यहि कजवे पार गरेर चिल्ला गाडीमा गाउँ पुग्ने गरेका बुद्धिमान तामाङ, कल्पना धमला,परशुराम तामाङ, दिलमान पाख्रिन,डम्बर तामाङ मन्त्री भए पनि उनिहरुको प्राथमिकतामा थोपलखोलामा एउटा पुल पर्न सकेको छैन् । यति मात्रै होइन धादिङ जिल्लाले दुई दुई पटक मुख्यमन्त्री पाए पनि जिल्लाको उत्तरी क्षेत्रलाई सदरमुकाम संग जोड्ने मुख्य सडक नाकामा पानी मुनिको पुल परिवर्तन हुने सकेन । मन्त्री, मुख्य मन्त्रीको रोजाई आफ्ना पार्टी कार्यकर्ताको हितमा मात्रै केन्द्रित हुन पुग्यो । डा.रामकुमार अधिकारी मन्त्री भएको बेला स्थानीयको अनावश्यक दवाव पछि धादिङबेसीको गणेशमन्दिर बाट साङकोषको पुल बगंैंचा जोड्ने पक्की पुलको लागि वजेट विनियोजन भयो । डा.अधिकारीको रोजाईमा परेको पुल निर्माण अहिले कछुवा गतिमा भईरहेको छ , सो पुल निर्माण भएपछि जिल्लाको उत्तरी भेग पुग्ने सडक सन्जाल संग पुल जोडिने अबस्था समेत छैन ।
राजेन्द्र पाण्डे मुख्य मन्त्री भएको बेला सदरमुकाममा रहेका तत्कालिन गठवन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीको भवन निर्माणका लागि राम्रै वजेट विनियोजन हुन पुगेको थियो । पाण्डे पछि मुख्य मन्त्री भएका शालिकराम जमकट्टेलले पनि पाण्डेकै पथ अंगाल्दै जनताको लागि अति आवश्यक परेको एउटा पुल वनाउन भन्दा पार्टी कार्यालय र भौतिक निर्माणमा वजेट उपलव्ध गराएका थिए ।
थोपलखोलामा बाढी आएको समयमा खोला तरेर आवात जावत गर्न रोकिने गर्दछ । बाढीले खोला वारपार गर्न नसकिने समस्या त छदैंछ, भएको कजवे पनि वाढीको कटानमा परेर जुनसुकै बेला ठूलो क्षती हुने अवस्था आईसक्दा पनि कुनै निकायले चासो नदेखाएको स्थानीय सुरेश रिजाल बताउँछन ।
केन्द्र सरकारको मातहतमा रहेको साङकोष तिप्लिङ सोमदाङ सडक केही बर्ष देखि वागमती प्रदेश सरकारको मातहतमा रहेको छ । २०६२ सालमा तत्कालिन शाही सरकारबाट मनोनित जिविस सभापति मोहनकुमार श्रेष्ठको पहलमा यो ठाउँमा कजवे निर्माण गरिएको थियो । देशमा गणतन्त्र आएपछि यो ठाउँमा एउटा पुल बनाउन कुनै मन्त्री,सांसदले पहल गर्न नसकेको रिजालको गुनासो छ ।
कजवे हटाएर पुल निर्माणबारे कुरा उठाउँदा आफ्नो स्रोतबाट सो कार्य सम्भव नरहेको भन्दै नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगाना पटक पटक पन्छिने गरेको स्थानीयको गुनासो छ । पुल बनाउन संघ वा प्रदेश सरकारसँग वजेट मागिदिन नगरपालिकाले सहयोग नगरेको स्थानीय वताउँछन् ।
सदरमुकाम भित्रै भए पनि थोपलखोलामा पुल नहुँदा बिशेष गरी बर्र्षाको समयमा जिल्लाका विभिन्न स्थानबाट सदरमुकाम आवतजावत गर्न, कृषिजन्य उत्पादन बिक्रीका लागि लिएर वजार आउजाउ गर्न, बिद्यार्थी बिद्यालय जान,विरामी अस्पताल सम्म पुग्न समस्या परिरहेको छ ।
चुनावका वेला भोट माग्न आउने उम्मेदवारहरूले आफूलाई भोट दिए पुल बनाइदिने भन्दै झुटो आश्वासन दिने गरेको स्थानीयको अनुभव छ । पुल नहुँदा स्थानीयको जीवन नै जोखिममा परेको छ । जोखिम मोल्दै हिंडडुल गर्ने गरेको कजवे पनि कतिखेर बाढीले बगाएर के हुने हो भन्न नसकिने अबस्था रहेको छ’ ।

धादिङ जिल्लाकोे सदरमुकामवाट उत्तरी क्षेत्र जोड्ने मुख्य मार्गको रुपमा रहेको धादिङबेसी साङकोष तिप्लिङ सडक दामन पाख्रिन मार्ग नामाकरण गरिएको छ । तत्कालिन अर्थमन्त्री रामशरण महतको प्रमुख आतिथ्यमा २०७१ साल फागुन ७ गते किन्ताङफेदीमा एक कार्यक्रमको आयोजना गरि सडकको नाम दामन पाख्रिन मार्ग घोषणा गरिएको हो ।
नेपाली काँग्रेस धादिङका संस्थापक एवम तत्कालिन जिल्ला सभापती दामन पाख्रिनको स्मृतिमा धादिङबेसी साङकोष तिप्लिङ सडक खण्डलाई नेपाली काँग्रेसको पहलमा दामन पाख्रिन मार्ग घोषणा गरिएको हो ।धादिङको सत्यदेवी गाविस घर भएका पाख्रिन २०४७ सालमा धादिङ क्षेत्र नम्बर १ वाट प्रतिनिधि सभामा विजयी समेत हुनु भएको थियो ।


One thought on “धादिङ जिल्लाले पटक पटक मुख्य मन्त्री र मन्त्री पाएपनि थोपलखोलामा बनेन पुल

Comments are closed.