राप्रपाको कार्यबाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई

249 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ न्यूज / साउन ३२ शुक्रवार २०८१

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ ।

पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार राप्रपाको भगिनी संस्था प्रवासी नेपाली सङ्गठनको निमन्त्रणामा अष्ट्रेलियाको मेलवर्न लगायत अष्ट्रेलियाका विभिन्न नगरमा हुने सङ्गठनका कार्यक्रममा सहभागी हुन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन गए राति  त्यसतर्फ प्रस्थान गरेकाले बरिष्ठ उपाध्यक्ष तामाङलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिईएको हो ।

अध्यक्ष लिङ्देनका साथ पार्टीको प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रीय सदस्य हिक्मतजङ्ग कार्की छन् । उनी भदौ १० गते स्वदेश फर्कने कार्यक्रम छ ।