भदौ ४ गते बागमती प्रदेशमा सार्वजनिक बिदा

363 पटक पढिएको

सम्पादक: Dhading News

मकवानपुर –  बागमती प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले भदौ ४ गते गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

 उक्त दिन प्रदेशका सरकारी कार्यालय,सामुदायिक विद्यालय, संस्थागत विद्यालय, वित्तिय संघ संस्था लगायत  बन्द रहने भएको छ । बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ । साथै मन्त्रालयगत रुपमा आएको अस्थायी दरबन्दी स्वीकृत गर्ने समेत बैठकले निर्णय गरिएको उनले बताए ।