नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा

183 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ न्यूज
काठमाण्डौं, २ भदौ आइतबार, २०८१ ।आज नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

आइतबार सुन तोलामा ३ हजारले बढेर एक लाख ५२ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ६ सय रहेको थियो । आज प्रतितोला रु तीन हजारले वृद्धि भएको हो।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला ५० रुपियाँले बढेर १८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 अन्तर्राष्ट्रिय बजारमा पनि लगातार बढिरहेको सुनको मूल्य आज स्थानीय बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको हो। चाँदीको मूल्य पनि तोलामा रु.५० ले वृद्धि भएको हो।