धादिङ लगायत देशका ७४ जिल्लामा फैलियो डेंगी

183 पटक पढिएको

सम्पादक: Dhading News

whatsapp sharing button

धादिङ सन् २०२४ जनवरीयता डेंगी संक्रमण धादिङ लगायत देशका ७४ जिल्लामा  फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार १६ अगष्टसम्म तीन हजार ७५५ जना संक्रमित भएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेशमा सबैभन्दा धेरै एक हजार ४४८ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा तनहुँमा सबैभन्दा धेरै ७१५ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

यस्तै, काठमाडौंमा ३५४, कास्कीमा २७४, झापामा १४७, चितवनमा १४५ र पर्वतमा १३६ जना संक्रमित भएका छन् । यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या १०० भन्दा कम छ ।

मुस्ताङ, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ ।