सिद्धलेकको उपाध्यक्ष सविता अर्याल ‘शी लिड्स आइकन’मा छनौट
1421 पटक पढिएको
धादिङ,४ भदौ २०८१ । धादिङको सिद्धलेक गाउँपालिकाको उपाध्यक्ष सविता अर्याल देशभरका महिला जनप्रतिनिधिहरुबाट छानिने शी लिड्स आइकनमा छनौट हुनु भएको छ ।
‘हामी रोज्दैछौं हाम्रा प्रतिनिधि’ भन्ने नाराका साथ कल्प इम्पावर वेमेन नेपालले आयोजना गरेको यो कार्यक्रमको लक्ष्य भनेको नेपाली महिला जनप्रतिनिधी हरूलाई विश्व सामु चिनाउने रहेको संस्थाका अध्यक्ष पुजा कोइरालाले वताउनु भयो ।
देशभरका महिला जनप्रतिनिधी हरूको बिचमा प्रतिस्पर्धि र समन्वयकारी भावनाको विकास गराई समाज विकासमा महत्वपूर्ण योगदान पु¥याउने उद्देश्यका साथ आयोजित कार्यक्रमले नेपाली महिला जनप्रतिनिधी हरूको बिगत , वर्तमान र भविष्यको उर्जाशिल कर्मगाथा हेरेर विश्व भरका महिलाहरुमा प्रेरणा र हौसला पुग्ने अध्यक्ष कोईराला वताउनु हुन्छ ।
पहिलो चरणमा छनौट भएका अर्याल सहित २८ जना लाई जनमतमा लगिने र त्यहाँबाट उत्कृष्ट मत ल्याउने ७ जना यो बर्षको शी लिड्स आईकनमा चयन हुनेछन् ।
नेपाली महिलाहरुले भोग्दै आएका तमाम विभेद, दमन, अपहेलना र अमानवियता समेतलाई सामना गर्दै राजनैतिक क्षेत्रमा नेतृत्वदायी भुमिकामा पुग्न सफल जनप्रतिनिधि महिलाहरु आईकनको प्रतिस्पर्धामा छनौट भएको वताईएको छ ।२०८० असोज १० देखि २०८१ बैशाख १ गते को अवधिमा देशभरका स्थानीय तहका महिला जनप्रतिनिधिहरुबाट भएको कार्य सम्पादनलाई छनौटको मुख्य आधार मानिएको आयोजक संस्थाले जनाएको छ ।








edfAXWjDQYP
startup talky Awesome! Its genuinely remarkable post, I have got much clear idea regarding from this post . startup talky