स्वमूल्यांकनमा धादिङको नीलकण्ठ र वेनिघाटरोराङ देशभरमा सर्वोत्कृष्ठ

508 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ न्यूज
काठमाण्डौं, ६ भदौ २०८१ । स्थानीय तह आफैँले आफैँलाई मापन गर्ने विधिबाट दिएको अंक मुल्यांकन गर्दा धादिङको २ वटा पालिका देशभरमा सर्वोत्कृष्ठ हुन सफल भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा नगरपालिका तर्फ धादिङको नीलकण्ठ र गाउँपालिका तर्फ वेनिघाट रोराङ देशभरमा पहिलो भएको हो ।

मन्त्रालयले  देशभरका ३ वटा गाउँपालिका र ३ वटा नगरपालिका लाई  सवोत्कृष्ठ अंकका आधारमा सम्मान गर्दा  नगरपालिका र गाउँपालिका दुवै तर्फ धादिङकै २ वटा पालिका सर्वोत्कृष्ठ अंक ल्याएर पुरस्कृत भएका हुन ।  स्थानीय तहले गरेको स्वमूल्यांकनलाई आधार मानेर मन्त्रालयले उत्कृष्ट पालिकाको चयन  गर्ने गर्दछ ।

आर्थिक वर्ष २०७९ / ०८० को संस्थागत क्षमता स्वमूल्यांकन नतिजामा धादिङको नीलकण्ठले ९२.५०, वेनिघाटरोराङले ८७.२५, ज्वालामुखीले ८५.५०,धुनिबेसीले ७९ं.५०, त्रिपुरासुन्दरीले ७९.२५, सिद्धलेकले   ७७ खनियावासले ७३,गंगाजमुनाले ७१.७५ प्रतिशत अंक ल्याएका छन । त्यसै गरी गल्छीले ७०.२५,थांक्रेले ६७.५०, नेत्रावती डवजोङले ६४.२५,गजुरीले ५० र रुवीभ्यालीले४०.५० प्रतिशत अंक ल्याएको छ ।

स्थानीय तहको कार्यप्रक्रिया र उपलव्धिको लेखाजोखा गरी शासकीय प्रकृया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ्य प्रतिस्पर्धाको भावना जगाउन संस्थागत क्षमता स्वमूल्यांकन गराइदै आएको छ ।

यो स्थानीय तह आफैँले आफैँलाई मापन गर्ने विधि हो । स्थानीय तहले आफुले आफैँलाई दिएको अंकलाई मन्त्रालयले गुणस्तर परीक्षण गरेपछि उत्कृष्ट घोषणा गर्ने प्रचलन छ ।