नेकपा एसको वरिष्ठ उपाध्यक्षमा धादिङका राजेन्द्र पाण्डे निर्विरोध

271 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको वरिष्ठ उपाध्यक्षमा धादिङका राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छ्न् ।

वरिष्ठ उपाध्यक्ष पदका अर्का उम्मेदवार घनेन्द्र बस्नेतले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै पाण्डे निर्विरोध निर्वाचित भएका हुन् । पाण्डे नेकपा एस स्थापना भएपछि उपाध्यक्ष रहेका थिए ।

केन्द्रीय सदस्य मतदाता हुने निर्वाचनबाट अब ६ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिव चुनिने छन् । त्यस्तै १०५ जना पोलिटब्युरो सदस्य निर्वाचित हुने छन् ।

 

धादिङका डा.गंगालाल तुलाधर र बलराम प्रसाद बाँस्कोटाले उपाध्यक्ष पदमा र गुरुप्रसाद बुर्लाकोटीले सचिव पदमा उम्मेदवारी दिएका छन ।उपाध्यक्षमा निर्वाचित पाण्डे लगायत धादिङका डा. गंगालाल तुलाधर, गुरुप्रसाद बुर्लाकोटी,बलराम प्रसाद बाँस्कोटा, इन्दिरा ढुंगानाले पोलिटव्युरो सदस्य पदमा उम्मेदवारी दिएका छन ।

डेढ महिनाअघि अध्यक्ष र महासचिव सर्वसम्मत गरेको नेकपा एसले पदाधिकारी र पोलिटब्युरो सदस्य मतदानबाट टुंग्याउन लागेको हो ।