गजुरीबजारबाट २१ किलो गाँजासहित दुई जना पक्राउ
312 पटक पढिएको

धादिङ-१३ भदौ बिहीबार २०८१ । गाँजाको व्यवसायिक खेती गर्न दिनु माग संसद देखि सडक सम्म उठिरहेको भए पनि व्यवसायिक गाँजा खेती हसन सकिरहेको छैन । कानूनले बन्देज लगाएपनि गाँजाको खेती भने भईनै रहेको छ । यसैक्रममा धादिङको गजुरी गाउँपालिका–१ गजुरी बजारबाट गाँजासहित दुई जना पक्राउ गरेका छन् ।
गजुरी गाउँपालिका–८ पाखुरेका ४३ वर्षीय भक्तबहादुर तामाङ र २७ वर्षीय रमेश तामाङलाई २१ किलो गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।
विशेष सुराकीको आधारमा मंगलबार मध्येरातमा बुटवलतर्फ जान लागेको गाडीबाट उनिहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत धादिङबाट सात दिन म्याद लिई थप अनुसन्धान भईरहेको पाण्डेले जानकारी दिनुभयो ।