सिमलतालमा भारतीय बस र ट्रक ठोक्कियो

207 पटक पढिएको

सम्पादक: Dhading News

चितवन-१६ भदौ, २०८१ । नारायणगढ- मुग्लिङ सडकखण्डको सिमलतालमा २ वटा गाडी एक आपसमा ठोक्किएका छन् ।

मुग्लिन प्रहरी प्रमुख प्रहरी निरिक्षक  निरला भण्डारीका अनुसार आज बिहान भारतको अरुनान्चल प्रदेशको यात्रु बोकेको एआर ०१ टी ६३७२ नम्बरको डबल डेकर बस र विपरित दिशाबाट आउदै गरेको ग २ ख ११०८ नम्बरको आईचर ट्रक एक आपसमा ठोक्किएका हुन् ।दुर्घटनामा ट्रक चालकसहित केही यात्रुहरु सामान्य घाइते भएका छन् ।

दुर्घटनाको विस्तृत  विवरण आउन बाँकी छ ।