बेल्खु नजिकै लेदोसहितको पहिरो, सवारी आवागमनमा कठिनाई
268 पटक पढिएको

धादिङ,१७ भदौ २०८१ । धादिङको गजुरी गाउँपालिका-६ बेल्खु नजिकै पृथ्वीराजमार्गमा लेदोसहितको पहिरो निरन्तर खसेपछि सडकमा सवारी आवागमनमा कठिनाई भएको छ ।
सोमबार बिहान ८ बजे तिर सडकमा लेदो माटोसहितको पहिरो खस्न शुरु गरेपछि यहाँबाट आवातजावत गर्ने सवारीसाधनको आवागमन प्रभावित भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख रविन्द्र कुमार श्रेष्ठले बताए ।
यो ठाउँमा केही दिन यता सुख्खा पहिरो खस्नेक्रम चलिरहेको छ । पटक पटक पहिरो खस्दा सवारी आवागमन रोकिने गरेको छ ।