बेल्खुको पुल छेउमा सडकनै ढाक्ने गरी खस्यो ढुंगा
425 पटक पढिएको

धादिङ,१९ भदौ २०८१ । धादिङको गजुरी गाउँपालिका-६ बेल्खु स्थित पृथ्वीराजमार्गमा ढुंगा खसेर सवारी आवागमनमा अवरोध पु¥याएको छ ।
बुधवार मध्यान्ह १२ वजे तिर बेल्खु पुल नजिकै सडकमा ठूलो ढुंगा खसेपछि यहाँबाट सवारी आवागमनमा कठिनाई भएको हो । सडकनै छेक्ने गरी खसेको ढुंगाले मानवीय तथा अन्य क्षती नपुगेपनि सवारी गुड्न भने असजिलो बनाएको छ । सडक जाम नभएपनि त्यहाँबाट दोहोरो आवागमन भने हुन सकेको छैन ।
सडक विस्तारका क्रममा खनेको ठाउँबाट पहिरो खस्ने, ढुंगा खस्ने कार्य भईरहेको हुँदा राजमार्गमा यात्रा गर्दा सावधानी अपनाउन जिल्ला प्रहरी कार्यालयले सबैलाई अनुरोध गरेको छ ।