नागढुंगा-मुग्लिन सडक विस्तार निर्माण सुरु भएको २६ महिनामा जम्मा २२ प्रतिशत काम

213 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं,२१ भदौ शुुक्रबार २०८१ ।  नागढुंगा–मुग्लिन सडक विस्तारको गती सुस्त भइदिंदा यात्रुहरूले दैनिकजसो सास्ती खेप्न बाध्य भएका छन् ।

सडक निर्माणले गति लिन नसक्दा सो सडक भएर आवतजावत गर्ने हजारौं यात्रुले छिन छिनमा सास्ती खेप्न बाध्य छन् ।सवारी गुड्न नसकेर घण्टौं सम्म जाममा बस्नु पर्ने वाध्यताा यात्रु छन् । त्यति मात्रै होइन कुन ठाउँमा कति बेला ढुंगा खसेर च्याप्ने हो, पहिरोले पुरिने हो भन्ने त्रासमा यात्रु मात्रै होइन सडक छेउछाउका वासिन्दा समेत छन् ।

विश्व बैंकको सहुलियतपूर्ण अनुदान ऋणमा भइरहेको उक्त सडकखण्ड विस्तारको काम गत असार महिनामा नै निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएपनि समयमै निर्माण कार्य सम्पन्न हुन नसकेपछि ठेक्काको अवधि पुनः दुई सय ४८ दिन थप गरी आगामी माघ महिनासम्म पुर्‍याइएको छ ।

म्याद सम्पन्न भइसक्दा हाल त्रिभुवन राजपथको १२ किलोमिटर सडक जम्मा ६० प्रतिशत मात्रै काम सम्पन्न भएको र थप गरेको समयमा कालोपत्रेको सबै काम सम्पन्न गर्ने आयोजना प्रमुख ईश्वर बहादुर रिजालको भनाइ छ ।

सडकमा टेवा पर्खाल, कल्भर्ट नाला निर्माण जस्ता सबै भौतिक संरचनाको निर्माण कार्य सम्पन्न भएको छ । सो सडकखण्ड २०७९ साल जेठमा २४ महिनामा निर्माण सम्पन्न गर्ने गरी ज्याङ्गसु सगुन निर्माण सेवाले एक अर्ब पचास करोडको लागतमा निर्माणका लागी संयुक्त रुपमा कामको जिम्मा लिएको हो ।

यसैगरी नौबिसे-मलेखु खण्डको काम भने निर्माण सुरु भएको २६ महिनामा जम्मा २२ प्रतिशत सम्पन्न भएको छ ।

नौबिसे मलेखु सडक खण्डमा पर्ने पुलहरु निर्माणको काम र टेवा पर्खाललगायत नाली निर्माणको काम पनि भईरहेको छ । उक्त खण्डको निर्माण कार्य अबको दश महिनामा सम्पन्न गर्नुपर्ने छ ।

पाँच अर्ब तीस करोड रुपैयाँको लागतमा सो खण्डको ४६ किलोमीटर सडक निर्माणको जिम्मा शर्मा लामा जेआईसिजीले संयुक्त रुपमा जिम्मा लिएको हो । सडक क्षेत्रमा परेका रूख कटानमा भएको ढिलाई र विद्युत प्राधिकरणले बिजुलीका पोल सार्न गरेको आनाकानीलगायत निर्माणको जिम्मा लिएका कम्पनीले पूर्ण रुपमा श्रोत साधनको परिचालन नगर्दा काममा विलम्ब भएको हो ।

तेश्रो खण्ड मलेखु-मुग्लिनको ३९ किलोमिटर सडकको १८ महिनामा १५ प्रतिशत काम सम्पन्न भएको छ भने उक्त खण्डको म्याद भने अझै १८ महिना बाँकी छ । सो सडक खण्ड निर्माणको जिम्मा शर्मा जेडआईसिजिले चार अर्ब पचास करोडमा लिएको हो ।

नागढुङ्गादेखि मुग्लिनसम्मको सडक स्तरोन्नति सहित निर्माणको लागी करिव १३ अर्ब रुपैयाँ लगानी गरेको छ । सो रकम विश्व बैकको ८५ प्रतिशत ऋण सहयोग र बाँकी १५ नेपाल सरकारको रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *