धादिङको थांक्रेमा अरिंगाल पोल्ने क्रममा एक जनाको मृत्यु

470 पटक पढिएको

२१ भाद्र २०८१, शुक्रबार १४:४८ सम्पादक: धादिङ न्यूज

धादिङ, २१ भदौ शुक्रवार २०८१ । धादिङमा अरिंगाल पोल्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

 थांक्रे गाउँपालिका वडा नम्बर ४ थकम स्थित जंगलमा अरिंगाल पोल्नेक्रममा घाईते भएका सिन्धुली जिल्ला मरिण गाउँपालिका घर भई धादिङको थांक्रे गाउँपालिका समनटारमा डेरा गरी बस्दै आएका बर्ष ३१ का सोमलाल घिसिङ को मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार घिसिङ बिहीवार  अरिंगाल पोल्ने क्रममा गम्भीर घाईते भएका थिए ।घाईते घिसिङलाई उपचारका लागि काठमाण्डौंको बिर अस्पताल लगिएकोमा उपचारकै क्रममा बिहीवार  दिउँसो ११.५० वजे तिर उनको मृत्यु भएको हो ।