गृह सचिवको जिम्मेवारी धादिङका गोकर्णमणि दुवाडीलाई

187 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं ,२०८१ भदौ २१ गते  । सरकारले गृह सचिवको जिम्मेवारी धादिङका गोकर्णमणी दुवाडीलाई दिइएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय तथ्यांक कार्यालयमा कार्यरत प्रमुख तथ्यांक अधिकारी दुवाडीलाई गृह सचिवको जिम्मेवारी दिएको हो ।

गृह सचिव एकनारायण अर्याल मुख्यसचिवमा नियुक्त भएपछि गृह सचिवको पद रिक्त भएको थियो । गृह सचिवको जिम्मेवारी पाएका दुवाडी राष्ट्रिय तथ्यांक कार्यालय भन्दा अघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव थिए भने त्यस भन्दा अघि निर्वाचन आयोगको सचिव थिए । निर्वाचन आयोगमा अघि प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवको जिम्मेवारीमा थिए ।

सहसचिवबाट सचिवमा बढुवा भएसकेपछि दुवाडीको पदस्थापन मधेश प्रदेशको प्रमुख सचिवमा भएको थियो । २०७७ मंसिर २९ देखि २०७८ भदौ १ सम्म उनले मधेश प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हालेका थिए ।

गृह सचिवको जिम्मेवारी पाएका दुवाडी धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ ज्यामिरेका वासिन्दा हुन् ।

गृह सचिवका लागि दीपक काफ्ले, नारायणप्रसाद शर्मा दवाडी, मुकुन्द निरौला, हरि मैनाली लगायत आकांक्षी थिए ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *