अरुणोदय कबड्डी कपको विजेता बन्यो धादिङ टाईटन क्लव

333 पटक पढिएको

सम्पादक: Dhading News

आदमटार २३ भदौ आईतबार । धादिङको आदमटारमा शनिवार सम्पन्न  जिल्ला स्तरीय कबड्डी प्रतियोगिताको विजेता धादिङ टाईटन क्लव बनेको छ । उप विजेता आयोजक अरुणोदय युवा क्लब र तेस्रो  धादिङ कबड्डी संघ भएको छ ।

प्रतियोगिताको बिजेता टिमले नगद  ३० हजार,  उपबिजेता टिमले नगद १५ हजार का साथै दुवै टिमले ट्रफि, मेडल र प्रमाणपत्र, पाएका छन् ।

स्थानिय स्तरमा कबड्डी खेलको पहुँच अभिवृद्धि गर्ने र आपसी भाईचारा कायम गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्लाका ९ टिमको सहभागिता रहेको  आयोजक अरुणोदय युवा क्लव अध्यक्ष राजाराम खतिवडाले जानकारी दिनु भयो ।

जिल्लाको सिद्धलेक गाउँपालिका वडा नम्बर ७ मा रहेको अरुणोदय युवा क्लवको आयोजनामा यहि भदौ २१ र  २२ गते सम्म  अरुणोदय कबड्डी कप -२०८१ र  तीज बिशेष सांस्कृतिक कार्यक्रम  संचालन भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *