हाँस्यकलाकार सूर्यमान शंकर ‘इकु’ पक्राउ

242 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ, २७ भदौ २०८१ । इकु उपनामले चिनिने हाँस्यकलाकार सूर्यमान शंकर  पक्राउ परेका छन् ।

कलाकार भिसामा युरोप पठाउँछु भनेर विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो ।

४० वर्षीय इकुले युरोपका विभिन्न देशमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा आवश्यक पर्ने कलाकारका लागि कलाकार भिसामा लैजानेभन्दै प्रति व्यक्ती १५ देखि २० लाख रुपैयाँसम्म लिएको सीआईबीको दाबी छ । प्रहरीका अनुसार इकुले उनको नाममा रहेको एसएमएस फ्लिम्स प्रालीका नाममा पीडितलाई पैसा जम्मा गर्न लगाएका थिए ।

कलाकार भिसामा लैजान्छु भन्दै पैसा लिइएका व्यक्तिहरू जान नपाएपछि प्रहरी सम्पर्कमा पुगेका थिए । त्यसपछि उनी पक्राउ परेका हुन् ।