धादिङको सिद्धलेकमा प्रमुख प्रशासकीय अधिकृत नियुक्तिको विवाद

629 पटक पढिएको

सम्पादक: Dhading News

भदौ २९, २०८१ | धादिङको सिद्धलेक गाउँपालिकामा  दुई जनाले प्रमुख प्रशासकीय अधिकृतको नियुक्ती पाएका छन् । मन्त्रालयले सिद्धलेकमा शिवराम अधिकारी र होमनाथ दाहाललाई एक साताको फरकमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाएपछि विवाद शुरु भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धादिङको सिद्धलेक र खनियाबास गाउँपालिका सहित देशभरका १०० वटा स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेसंगै सिद्धलेकमा यस अघिनै  अधिकारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी आएको भन्दै अध्यक्ष परशुराम खतिवडाले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन नसक्ने भन्दै मन्त्रालयमा पत्र पठाएका छन् ।

सिद्धलेक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार अधिकारी सरुवा भएपछि रिक्त हुन आएको प्रमुख प्रशासकीय अधिकृतमा केही दिन अघिमात्रै पालिकामा कार्यरत आठौं तहका शाखा अधिकृत  अधिकारीलाई कार्यालयको आर्थिक तथा प्रशाससनिक कार्य हेर्ने जिम्मेवारी तोकिएको भन्दै पालिका अध्यक्षले नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराउने पत्र लेखेर मन्त्रालयलाई पठाएपछि यो बिषय विवादमा परेको छ ।

गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले २०८१ /५/२४ को मितिमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखेर पठाएको पत्र वडा नम्बर १ का वडाअध्यक्ष पेमा लामाले सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै यस बिषयमा कार्यपालिका भित्र कुनै छलफल र निर्णय नभएको वताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *