असोज १२ गते तोकियो पत्रकार महासंघको निर्वाचन, सदस्यता विवाद कायमै

99 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं,३० भदौ २०८१ । गत चैतमा नै  कार्यकाल सकिएको नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्लाको आगामी असोज १२ गतेका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

शनिबार महासंघ केन्द्रीय निर्वाचन समितिले कार्यतालिका प्रकाशित गरेको हो ।
प्रकाशित कार्यतालिका अनुसार भदौ २९ गते साँझ मतदाता नामावली प्रकाशन, असोज ४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता, असोज ४ गते साँझ ५ बजे उम्मेदवारको नामावली प्रकाशन हुने जनाइएको छ ।

 पत्रकार महासंघको निर्वाचन समयमा नै गर्न नसकेपछि नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले भदौ २४ गते पदबाट राजिनामा दिएका थिए ।

गत चैतमा नै नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्लाको कार्यकाल सकिएको थियो। पत्रकार महासंघ केन्द्रले असोज ५ गतेका लागि नयाँ निर्वाचनको मिति तोकेपनि भदौ २४ गते सम्म मतदाता नामावली र कार्यतालिका सार्वजनिक गर्न नसकेपछि अध्यक्ष पोखरेलले बरिष्ठ उपाध्यक्ष रमेश बिष्टलाई राजिनामा बुझाएका थिए । मतदाता नामावलीमा देखिएको विवाद समाधान नहुँदा निर्वाचन हुन सकेको थिएन।

पोखरेलको राजिनामा पछि बरिष्ठ उपाध्यक्ष विष्टले कार्यवाहक अध्यक्ष सम्हालेपछि असोज १५ का लागि निर्वाचन मिति तोकिएको हो ।

शनिबार साँझ सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आगामी असोज ४ मा बिहान १० बजेदेखि दिउसो ३ बजेसम्मका लागि केन्द्रीय समितिका लागि मनोनय दर्ता समय निर्धारण गरिएको छ ।

त्यस्तै असोज ४ गते साँझ ५ बजेदेखि असोज ५ गते अपराह्न २ बजेसम्म उम्मेदवारमाथि दाबी विरोध, ४ गते साँझ ५ बजेदेखि असोज ५ गते ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, असोज ५ गते ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन, असोज १२ गते बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान र १२ गते मतदान कार्य समाप्त भएपश्चात् मतगणना हुने बताइएको छ ।

सदस्यता शुद्धिकरणका नाममा कृयाशिल पत्रकारलाई विभिन्न वहानामा सदस्यबाट हटाएर अन्य पेशा कर्मीलाई महासंघको सदस्यता दिलाउन अहिलेको महासंघ नेत्तृत्व सफल भएको छ । आफ्नो पक्षमा पल्लाभारी नभएसम्म निर्वाचनमा नगएकाहरु अहिले भने निर्धारित मितिमै निर्वाचन हुने डंका पिटाईरहेका छन् ।

सदस्यता शुद्धिकरणले धादिङमा पनि विवाद ल्याएको छ, शिक्षण, सरकारी सेवा, वैंक वित्तिय तथा सहकारीमा कार्यरत व्यक्तिलाई सदस्यबाट हटाउने सहमती भएपनि प्रेस चौतारीका सदस्यहरु मापदण्डबाट हटाइएका छन भने अन्य संघ संगठनका सदस्यहरुको सदस्यता भने कायम भएर आएको छ ।

धादिङ जिल्लाका पत्रकार महासंघका सदस्यहरु :


Leave a Reply

Your email address will not be published. Required fields are marked *