प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता

404 पटक पढिएको

६ आश्विन २०८१, आईतवार ०७:४२ सम्पादक: धादिङ न्यूज

काठमाडौँ,६ असोज २०८१ ।  प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच स्थानीय समयअनुसार शनिवार साँझ राष्ट्रसङ्घ भवनमा भेटवार्ता भएको हो ।