इङल्याण्डविरुद्ध अस्ट्रेलियाको लगातार दोस्रो जित

10 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ,६ असोज २०८१ । अस्ट्रेलियाले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई ६८ रनले पराजित गरेको हो ।

अस्ट्रेलियाले दिएको २७१ रनको लक्ष्य पछाएको इङल्याण्डले ४०.२ ओभरमा अल आउट हुदै २०२ रन मात्र बनाएको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ४४.४ ओभरमा अल आउट हुदै २७० रन बनाएको थियो । अस्ट्रेलियाले यस अघि पहिलो खेल ७ विकेटले जितेको थियो ।

यो जितपछि अस्ट्रेलियाले ५ खेलको सिरिज २-० ले जितेको छ । अब सिरिजको तेस्रो खेल मंगलबार हुने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *