रवि लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी

139 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं ६ असोज २०८१ ।  सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदिय छानविन समितिको प्रतिवेदनलाई कडाईका साथ कार्यान्वयन गर्न सरकारलाई चौतर्फी दवाव बढिरहेको बेला राष्ट्रिय स्वतन्त्र  (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछाने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक हुन्। जिल्ला अदालत पोखराका न्यायाधीश कृष्णजंग शाहको इजलासबाट लामिछानेविरूद्व पक्राउ पुर्जी जारी भएको हो।

रविलाई पनि आजै पक्राउ गर्ने गरी कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी लिन प्रहरी खटाइएको थियो। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार लामिछानेलाई सम्भावित पक्राउबारे सूचित गरिएको छ। लामिछाने भने पार्टीका नेताहरुसँग पार्टी कार्यालय वनस्थलीमा आन्तरिक छलफलमा छन्।

जीबी राईले सहकारीको रकम गोर्खा मिडियामा ल्याएको र सो रकम रविले समेत हस्ताक्षर गरेर खर्च गरेको भन्दै सहकारी छानबिन विशेष संसदीय समितिले गोर्खा मिडियामा रकम खर्च गरेको हकमा कानूनबमोजिम कारबाहीको सिफारिस गरेको थियो। सो सिफारिस कार्यान्वयन गर्न सरकारले निर्देशन दिए लगत्तै प्रहरीले छविलाल बन्जाडे जोशीलाई आज साँझ पक्राउ गरिसकेको छ। उनलाई आजै पोखरा लैजाने तयारी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *