चिरौंदीमा गुडिरहेको कारमा पहिरो खस्दा चार जना घाईते
308 पटक पढिएको
गल्छी, १० असोज २०८१ । धादिङकाे गल्छी गाउँपालिका वडा नम्बर ६ चिरौंदी खोलाको पुल नजिकै सुख्खा पहिराे जाँदा कार पुरिएर चार जना घाईते भएका छन् ।
बिहीबार साँझ सवा ७ वजे तिर गुडिरहेको कारमा पहिरो खस्दा गजुरी तर्फ बाट काठमाण्डौ तर्फ जादै गरेको ग २ च ७८८५ नम्बर कार पुरिएको हो । कारमा सवार ४ जना घाईते अवस्थामा उद्धार गरि बैरेनी अस्पतालमा उपचारका लागि भर्ना गरिएकाे ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिनुभयाे ।
पहिराेमा परेर कार पुरिएको सूचना पाउना साथ नेपाल,प्रहरी,शसस्त्र प्रहरी, नेपाली सेना, स्थानीयवासी समेतको टोलीले उद्धार शुरु गरेका थिए । उद्धारटोलीले घाईतेहरुलाई कारवाट निकालेर उपचारका लागि बैरेनी अस्पताल पु¥याएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक पाण्डेले वताउनु भयो ।
पहिरोले कार पूर्ण रुपमा क्षती भएको प्रहरीले जनाएको छ । घाईतेहरुलाई बैरेनी अस्पतालमा प्राथमिक उपचार गराई थप उपचारका लागि काठमाण्डौं पठाईएको बैरेनी प्रहरी चौकीका प्रहरी नायव निरिक्षक काशिराम बुढाथोकीले जानकारी दिनुभयो ।पहिरोमा परेर कार सडकबाट ३० मिटर तल खसेको थियो ।
पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउन कठिनाई भइरहेको भएपनि जेसिभि लगाएर पहिरो हटाउने काम भईरहेको प्रहरीले जनाएको छ । पहिरोले सडक अबरुद्ध हुंदा पृथ्वीराजमार्ग हुंदै राजधानीबाट बाहिरिएका र देशका विभिन्न भागबाट राजधानी जँदै गरेका सवारी साधन रोकिन पुग्दा यात्रुहरुको बिच्चली भएको छ ।