मुग्लिङ-काठमाडौँ सडक खण्डमा एक दर्जनभन्दा बढी स्थानमा पहिरो
471 पटक पढिएको
काठमाडौँ ११ असोज २०८१। शुक्रबार बिहानै देखि परेको अविरल बर्षाका कारण नागढुंगा मुग्लिन सडक खण्डमा ठाउँ ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध भएको छ ।
यस सडक खण्डमा कोइराले, ८ किलो, नागढुङ्गा, सुरुङमार्ग लगायतका लगायसका ठाउमा खसेको पहिरोका कारण यातायात अवरुद्ध रहेको छ । पहिरो पन्छाएर सडक सुचारु गर्ने प्रयास जारी रहेको भएपछि पहिरो पन्छाउने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
बर्षा नरोकिएकाले अत्यावश्यक बाहेक यात्रा नगर्न समेत प्रहरीले आग्रह गरेको छ ।







