धादिङमा पहिरोमा पुरिएर २ जना पुरुष र खोलाले वगाएर एक वालिका बेपत्ता
454 पटक पढिएको
धादिङ १२ असोज २०८१ । दुई दिन देखि जारी अविरल बर्षाले देशैभर जनजिवन प्रभावित वनाएको छ । लगातारको वर्षाले ठाउँ ठाउँमा पहिरो खस्ने,राजमार्ग अवरुद्ध हुने घर गोठ पुरिने, मान्छे वगाउने जस्ता कार्य हुन थालेको छ ।यसै क्रममा धादिङमा पहिरोमा पुरिएर २ जना पुरुष र खोलाले वगाएर एक वालिका हराईरहेकी छिन ।
धादिङको मलेखु खोलामा माछा मार्न गएका बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ६ का ४० वर्षीय जनता चेपाङ र २० वर्षीय सन्तु चेपाङ शुक्रवार राती पहिरोमा परेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय गजुरी धादिङले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डीएसपी डिल्लीराज पाण्डेका अनुसार माछा मार्दै गर्दा खोला बढेपछि खोला बढेपछि नजिकै रहेको ओढारमा ओत लागेर बसिरहेका उनिहरुलाई पहिरो खसेर पुरेको हो ।
माछा मार्न जान लागेका उनीहरू निरन्तरको वर्षाका कारण गजुरी गाउँपालिका वडा नम्बर २ गुम्बाडाँडामा रहेको ओडारमा बस्दा पहिरोले पुरिएका हुन् । घटनाको जानकारी आएपछि घटनास्थल पुगेको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले पहिरो पन्छाएर उनीहरूको खोजी गरिएको भए पनि नभेटिएपछि उद्धार टोली राती अवेर फर्किएको र अहिले विहान पुन खोजी शुरु गर्ने तयारी भईरहेको प्रहरीले जनाएको छ ।
धादिङको गजुरी गाउँपालिकाको वडा नम्बर ७ र ८ को बीचमा पर्ने घट्टेखोलाले बगाउँदा दोभान खर्ककी ६ वर्षीया सइरा तामाङ बेपत्ता भएकी छन् । खोलाले बालिकासहित उनकी हजुरआमा ठूलीमाया तामाङ र मोटरसाइकल चालक स्थानीय राजकुमार तामाङलाई पनि बगाएकोमा उनीहरू भने पौडिएर जोगिन सफल भएका थिए । मोटरसाइकलसहित बालिकालाई खोलाले बगाएको ८ नम्बर स्थानीय योगेन्द्र कुमार बस्नेतले वताए ।
बेपत्ता बालिकाको राति अबेरसम्म खोजी प्रयास गरे पनि फेला नपरेको र खोलामा पानीको बहाव बढेका कारण रातीको समयमा खोजीकार्य स्थगित गरिएको गजुरी गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष देवराज ओझाले जानकारी दिए ।
अविरल बर्षाका कारण राजधानी काठमाडौं जोड्ने मुख्य सडक देशका विभिन्न जिल्लाबाट राजधानी जोड्ने मुख्य सडक नागढुंगा मुग्लिन खण्ड (पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ) ठाउँठाउँमा गएको पहिरोले अस्तव्यस्त बन्न पुगेको छ । धादिङको धुनीबेसीको नगरपालिकाको सिस्नेखोला सुरुङमार्गमा पहिरोसँगै आएको लेदोका कारण त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुंगा खण्ड रातभर अबरुद्ध भएको छ । सडक छेउमा आएको पहिरोको लेदोका कारण सडक अवरुद्ध भएपछि राजधानी भित्रिने र राजधानीबाट बाहिरिने सवारीसाधन रोकिन पुग्दा यात्रुहरुको बिचल्ली भएको छ । सडकमा थुप्रिएको लेदो पटक पटक पन्छाए पनि लेदो खस्नेक्रम नरोकिंदा सवारी आवागमन प्रभावित छ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको मलेखु, सलाङघाट, थाक्रेको कमेरे, ४ किलो र ८ किलोमा गएको पहिरोले राजमार्ग राति अबेरसम्म ठप्प भएको थियो । राजमार्गमा जताजतै खसेको पहिरो सडक आयोजना र सडक विभागको डोजर प्रयोग गरी पहिरो पन्छाउने काम गरिरहेको भए पनि धेरै स्थानमा पहिरो गएको कारण सवारी आवागमन सुचारु गर्न कठिनाई भएको छ ।
राजमार्गमा पहिरोको जोखिम बढेपछि शुक्रवार राती देखि आज विहान सम्मको लागि सवारीसाधनलाई सुरक्षित स्थानमा रोकेर बस्न भनिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिए । लगातारको वर्षाका कारण धादिङको अधिकांश ग्रामीण सडक पनि अवरुद्ध छ । त्रिशूली, आँखु, बुढीगण्डकीलगायतका नदी तथा खोलामा जलस्तर बढेको छ ।
2 thoughts on “धादिङमा पहिरोमा पुरिएर २ जना पुरुष र खोलाले वगाएर एक वालिका बेपत्ता”
Comments are closed.
Thank you for sharing this insightful post! Your writing is clear, informative, and engaging. I appreciate how you’ve broken down complex concepts into easily digestible parts. It’s evident that you have a deep understanding of the topic, and your tips are practical and actionable. I particularly liked the way you addressed [specific point from the article], as it resonated with my own experiences. This kind of content is invaluable for readers looking to expand their knowledge and apply new strategies effectively. Looking forward to reading more from you. Keep up the excellent work!
Thank you for sharing this insightful post! Your writing is clear, informative, and engaging. I appreciate how you’ve broken down complex concepts into easily digestible parts. It’s evident that you have a deep understanding of the topic, and your tips are practical and actionable. I particularly liked the way you addressed [specific point from the article], as it resonated with my own experiences. This kind of content is invaluable for readers looking to expand their knowledge and apply new strategies effectively. Looking forward to reading more from you. Keep up the excellent work!