मलेखु धादिङबेसी सडक पहिरोले अबरुद्ध

290 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ ,१२ असोज २०८१ ।धादिङबेसी मलेखु सडक (कालुपाण्डे मार्ग)  अन्तरगत नीलकण्ठ नगरपालिका वडा नम्बर ८ दारेगौडा र साघुटारमा पहिरो खसेर सडक अबरुद्ध हुन पुगेको छ ।

अविरल बर्षाको कारण शनिवार बिहान ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि सडक मा सवारी आवागमन रोकिन पुगेको हो ।

पहिरोले ढुंगा र रुखहरु खसेकोले तत्काल बाटो खुलाउन कठिन रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक प्रल्हाद सिलवालले जानकारी दिनुभयो ।

पहिरो खसेको दुबै ठाउँमा साँघुरो र घुम्ती भएकोले जोखिम अत्याधिक छ।

जिल्ला सदरमुकाम धादिङबेसीलाई पृथ्वीराजमार्गसंग जोड्ने धादिङबेसी मलेखु सडक(कालुपाण्डे मार्ग) अवरुद्ध हुँदा सदरमुकामबाट काठमाण्डौं, नारायणगढ, पोखरा लगायत अन्य स्थान तर्फ छुटेका र विभिन्न स्थानबाट सदरमुकाम आएका सवारीसाधन बाटोमै रोकिएका छन् ।


4 thoughts on “मलेखु धादिङबेसी सडक पहिरोले अबरुद्ध

  1. Thank you for sharing this insightful post! Your writing is clear, informative, and engaging. I appreciate how you’ve broken down complex concepts into easily digestible parts. It’s evident that you have a deep understanding of the topic, and your tips are practical and actionable. I particularly liked the way you addressed [specific point from the article], as it resonated with my own experiences. This kind of content is invaluable for readers looking to expand their knowledge and apply new strategies effectively. Looking forward to reading more from you. Keep up the excellent work!

Comments are closed.