पृथ्वीराजमार्ग र त्रिभुवन राजपथ रातीको समयमा वन्द नहुने

135 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ,१५ असोज २०८१ । धादिङको स्थानीय प्रशासनले पृथ्वीराजमार्ग र त्रिभुवन राजपथमा रातीको समयमा सवारी गुडाउन लगाएको रोक हटाएको छ ।

अविरल बर्षा पछि राजमार्ग क्षेत्रमा गएको पहिरोले ठूलो जनधनको क्षती भएपछि गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय धादिङले रातीको समयमा
थप क्षती हुन नदिन असोज १५ गते मंगलबार साँझ ७ वजेबाट असोज १६ गते बुधवार विहान ५ वजे सम्मका लागि धादिङ जिल्लामा पर्ने पृथ्वीराजमार्ग र त्रिभुवन राजपथमा सवारी सञ्चालन गर्न रोक लगाएको थियो ।

झ्याप्ले खोला लगायत अन्य स्थानमा खसेको पहिरोे पन्छाएपछि मंगलबार दिउँसोबाट राजमार्गमा दुई तर्फी सवारी सञ्चालनमा आएको छ । राजमार्गमा सवारीको चाप अत्याधिक रहेकोले ति सवारी साधनलाई सुरक्षित ढंगबाट अघि बढ्न दिंदा गन्तव्यमा पुग्न सजिलो हुने भएकाले स्थानीय प्रशासनले रातीको समयममा सवारी सञ्चालनमा यस अघि लगाएको रोक हटाएको जनाएको छ ।