नौबिसे-नागढुंगाको विकल्पमा धार्के सितापाइला सडक सञ्चालनमा
254 पटक पढिएको
काठमाडौं १७ असोज २०८१ । राजधानी प्रवेश गर्ने मुख्य नाका नौविसे नागढुंगा सडक खण्ड ( त्रिभुवन राजपथ) को बिकल्पमा अहिले धार्के सीतापाईला सडक सञ्चालनमा आएको छ ।काठमाडौंको सितापाईला चोक बाट रामकोट, भीमढङ्गा ,ठूलोखोला ,महेशफाट हुँदै धादिङको धार्के निस्कने यो सडकमा केही दिन यता सवारीको चाप निकै बढेको छ ।
उपत्यका भित्रने र बाहिरीने सवारी साधनका कारण कलंकी–नौबिसे सडकखन्डमा हुने गरेको सवारी चापलाई कम गर्न वैकल्पीक सडकको रुपमा सितापाईला–धार्के सडकखन्ड निर्माण गरिएको हो ।धार्के सीतापाईला सडक खण्डको अधिकांश भाग कालोपत्रे भईसकेको भएपनि केही ठाउँमा भने कालोपत्रेको काम बाँकी नै रहेको छ ।
बाढी पहिरो, सडक विस्तार कार्यका साथै कहिले सवारी चाप त कहिले विग्रिएको सवारी साधनको कारण घन्टौंसम्म हुने सडक जामलाई व्यवस्थित गर्न र सहज सवारी आवागमनका लागि सितापाईला–धार्के सडकखन्ड बैकल्पिक सडकका रुपमा प्रयोगमा आएको हो ।
नेपालका ६५ भन्दा बढि जिल्लाका नागरिक ओहोर–दोहोर गर्ने काठमाण्डौं प्रबेशको प्रमुख नाका समेत रहेको राजमार्गको विकल्पमा हेरिएको धार्के–सितापाईला सडक २०५१ सालमै ट्रयाक खोलिएको थियो ।
धादिङको धार्केबाट सितापाईला सम्म २४ किलोमिटर रहेको छ । उपत्यका भित्रने र बाहिरिने सवारी साधनका कारण कलंकी -नौबिसेसडक खन्डमा हुने गरेको सवारी चापलाई कम गर्न वैकल्पिक सडकको रुपमा सितापाईला –धार्केसडक खन्ड निर्माण सुरु गरिएको थियो ।
नौबिसे–नागढुङ्गा सडकमा हुने गरेको सवारी चापलाई कम गर्न वैकल्पिक मार्ग प्रयोगमा ल्याईएको हो । चाडपर्वको बेला धेरै सवारीसाधनको चापले घर हिँडेकाहरू जाममा पर्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न लागिएको हो।
त्रिभुवन राजपथमा केही दिन अघिको पहिरोले ठाउँ ठाउँमा क्षती पु¥याउनुका साथै झ्याप्लेखोलामा ३ वटा सवारी साधन एकै ठाउँमा पहिरोले पुरिंदा ३५ जनाको ज्यान गएको थियो । सडक विस्तारको कार्यले आवातजावतमा कठिनाई भईरहेको बेला पहिरो खस्ने क्रम बढेपछि राजधानी प्रवेश गर्ने मुख्य नाकाको विकल्पमा धार्के सीतापाईला सडक प्रयोगमा ल्याईएको हो ।