विपद् प्रभावित ५४ स्थानीय तहलाई बागमती प्रदेश सरकारको आर्थिक सहायता
173 पटक पढिएको
हेटौंडा ,१९ असोज २०८१ । विपद् प्रभावित प्रदेशभरका ४५ स्थानीय तहलाई बागमती प्रदेश सरकारले आर्थिक सहायता दिने भएको छ । शनिबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेशका १३ जिल्लाका ४५ स्थानीय तहलाई तत्काल सहायता रकम प्रदान गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले सहायता रकमलाई तीन वटा क्लस्टर बनाएर वितरण गरिने जानकारी दिए ।
बैठकले ७ स्थानीय तहलाई २० लाख, १२ तहलाई १५ लाख र २६ वटालाई १० लाखका दरले रकम दिने निर्णय गरेको छ । जस्मा धादिङको गजुरी गाउँपालिकाले २० लाख, धुनिबेसी नगरपालिका, वेनिघाटरोराङ र नेत्रावती डवजोङ गाउँपालिकाले १०/१० लाख पाउने भएका छन् ।
२० लाख सहायता पाउने स्थानीय तह
काभ्रे : पनौती नगरपालिका, रोशी, बेथानचोक र तेमाल गाउँपालिका
मकवानपुर : इन्द्रसरोवर गाउँपालिका
ललितपुर : महाँकाल गाउँपालिका
सिन्धुली : सुनकोशी गाउँपालिका
१५ लाख पाउने स्थानीय तह
काठमाडौं : चन्द्रागिरी र नागार्जुन नगरपालिका
ललितपुर : गोदावरी नगरपालिका, कोन्ज्योसोम र बागमती गाउँपालिका
भक्तपुर : सूर्यविनायक नगरपालिका
मकवानपुर : बागमती गाउँपालिका
रामेछाप : खाँडादेवी गाउँपालिका
सिन्धुपाल्चोक : जुगल र लिसंखुपाखर गाउँपालिका
धादिङ : गजुरी गाउँपालिका
दोलखा : बिगु गाउँपालिका
१० लाख पाउने स्थानीय तह
रामेछाप : मन्थली र रामेछाप नगरपालिका, गोकुलगंगा, दोरम्बाशैलुङ, सुनापति, लिखु तामाकोशी र उमाकुण्ड गाउँपालिका
दोलखा : शैलुङ, गौरीशंकर र तामाकोशी गाउँपालिका
धादिङ : धुनीवेशी नगरपालिका तथा बेनिघाट रोराङ, नेत्रावती डब्जोङ गाउँपालिका
सिन्धुपाल्चोक : मेलम्ची नगरपालिका, भोटेकोशी, पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिका
मकवानपुर : बकैया गाउँपालिका
सिन्धुली : गोलन्जोर र फिक्कल गाउँपालिका
काभ्रे : नमोबद्ध र मण्डनदेउपुर नगरपालिका तथा चौरीदेउराली, महाभारत गाउँपालिका
चितवन : माडी नगरपालिका र इच्छाकामना गाउँपालिका