लोकदोहोरी गायक खड्ग प्रसाद पौडेल (सानु) को निधन

1447 पटक पढिएको

२५ आश्विन २०८१, शुक्रबार ०६:५४ सम्पादक: धादिङ न्यूज

धादिङ,२५ असोज २०८१ ।  लोकदोहोरी गायक खड्ग प्रसाद पौडेल (सानु) को निधन भएको छ ।

धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ५ बेलघारीका ३७ बर्षिय पौडेलको असोज २४ गते बिहीवार दिउँसो उपचारका क्रममा काठमाण्डौंमा निधन भएको हो ।

पौडेललाई बिहीवार घर नजिकै निर्माण गरिएको मन्दिरमा विद्युत्त लाईन जोड्नेक्रममा अचानक करेन्ट लागेर घाईते भएको अवस्थामा  परिवारका सदस्यले भेटेका थिए ।

तत्काल उपचारका लागि मलेखु टिचिङ अस्पताल लगिएकोमा मलेखुले थप उपचारका लागि काठमाण्डौं रिफर गरेपछि उनलाई काठमाण्डौं स्वयम्भुमा रहेको मनमोहन अस्पताल लगिएको थियो । मनमोहन अस्पतालले उनलाई मृत घोषणा गरेपछि शव पोष्टमार्टमा लागि शिक्षण अस्पताल महाराजजंगमा राखिएको छिमेकी राजु श्रेष्ठले जानकारी दिए ।

सुरिलो भाकामा लोक गीतहरु गाएर चर्चामा आएका पौडेलको निधनप्रति लोक गायन क्षेत्रका साथै, जनप्रतिनिधि, राजनैतिक, सामाजिक क्षेत्रका व्यक्तित्वहरुले सामाजिक सञ्जाल मार्फत दुःख व्यक्त गर्दै मृत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गरिरहेका छन् ।
पौडलको निधननले लोक कलाको क्षेत्रमा धादिङ जिल्लाले एक होनहार प्रतिभा गुमाएको छ ।
स्वर्गिय पौडेलको श्रीमती २ छोरा र १ छोरी रहेका छन् ।

पारिवारिक जमघट देखि मेला महोत्सव, सार्वजनिक समारोहमा पौडेलले गाएका दर्जनौं गितहरु अहिले सामाजिक सञ्जालमा शेयर भईरहेका छन् ।पौडेल पछिल्लो समय लाइभ दोहोरी गायनमा सक्रिय  थिए ।

 

 


🗓 Reminder; + 1,82387 bitcoin. Confirm > https://telegra.ph/Go-to-your-personal-cabinet-08-25?hs=c12703ad9818760b58979e9d7acae1a4& 🗓 says:

wpt3ow