नेकपा एकीकृत समाजवादी विभाजनको सङ्घारमा
307 पटक पढिएको
काठमाडौं,५ कात्तिक २०८१ । एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी(एस) स्थापनाको ३ बर्ष नपुग्दै विभाजनको सङ्घारमा पुगेको छ। सो पार्टीका ३५३ केन्द्रीय सदस्य मध्य १ सय ४३ जनाले पार्टी विभाजन गर्न हस्ताक्षर तयार गरेर बसेको बिशेष श्रोतले वताएको छ । पार्टी विभाजन हुँदा एसका १० मध्ये सात सांसद समेत पार्टीबाट अलग हुने तयारीमा रहेको एक नेताले बताए। २०७८साल भदौ २ गते अध्यादेश मार्फत दल सम्बन्धी कानुन संशोधन गरेर नेकपा एमाले विभाजन गरी एस बनेको थियो ।
२०७८ साल भदौमा संविधान अनुसार ४० प्रतिशत संसदीय दल र केन्द्रीय समितिमा सङ्ख्या नपुग्ने भएपछि माधव नेपालको आग्रहमा त्यसलाई संशोधन गरेर २० प्रतिशतमा झार्दै एमाले विभाजन गरिएको थियो। अहिले त्यही धारा प्रयोग गर्दै अध्यादेश आउने र पार्टी विभाजन हुने डरले एसका अध्यक्ष माधव नेपाल निकैं तनावमा परेका छन् ।
असारमा सम्पन्न भएको एसको महाधिवेशनले पार्टी भित्रको विवाद सल्टाउने भनिए पनि त्यसपछि झन् चर्किएको थियो। पार्टीको पदाधिकारी तथा पोलिटब्युरो निर्वाचनसम्म आइपुग्दा असन्तुष्टि मौलाउँदै विभाजनको अवस्था सम्म आइपुगेको एक नेताले बताए।
नेकपा एसका २ सांसदले हस्ताक्षर गरेर अलग दल गठन गरेमा त्यसले मान्यता पाउँछ। तर अहिले सम्म ५ सांसद अलग दल दर्ताका लागि तयार भएको २ सांसद थप हुने स्रोतले बतायो। स्रोतका अनुसार १० सांसद मध्य माधव नेपालको पक्षमा मेटमणि चौधरी र शेरबहादुर कुँवर मात्र बाँकी रहने अवस्था आएको ती नेताले बताए। यस्तो अवस्था आउँदा कुँवरलाई समेत अछामका पार्टीका नेता तथा कार्यकर्ताहरूले एमालेमा फर्कन दबाब दिएको स्रोतले बतायो। यदि कुँवरले पनि एस छोडे माधव नेपाल आफू सहित एसका दुई मात्र सांसद बाँकी हुने छन् ।
स्रोतका अनुसार १ सय ४३ केन्द्रीय सदस्यहरूले एमालेमा फर्कने निधो गरिसकेको स्रोतले बतायो। एस राष्ट्रिय पार्टी होइन। संविधान अनुसार सो पार्टीका १० सांसदको हैसियत स्वतन्त्र हुन्छ।