धादिङबेसीमा प्लाष्टिकको फूल माला बिक्री र प्रयोग गर्न नपाइने
279 पटक पढिएको
धादिङबेसी, १२ कात्तिक २०८१ । फूलको पर्व तिहार नजिकिएसँगै बजारमा प्लाष्टिकका फूलमाला आउन थालेपछीधादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ ले प्लाष्टिकको फूल गुच्छा, माला बिक्री, वितरण एवम् प्रयोगमा रोक लगाएको छ ।
सोमबार सार्वजनिक सूचना जारी गर्दै वडा क्षेत्र भित्र प्लाष्टिकको फूल बिक्री, वितरण एवम् प्रयोगमा रोक लगाउँदै स्थानीय उत्पादनलाई प्रोत्साहित गर्न वडाले आग्रह गरेको हो । नीलकण्ठ वडा नम्बर ३ मा सदरमुकाम धादिङबेसीको अधिकांश भूभाग पर्दछ ।
नीलकण्ठ नगरपालिका वडा नं. ३ भित्र प्लाष्टिकको फूल गुच्छा, माला बिक्री, वितरण, भण्डारण, ओसारपसार र प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गरिएको वडाले जनाएको छ । प्राकृतिक फूलमालाको प्रयोग गर्न वडाले आग्रहगरेको छ ।
प्लाष्टिकको फूल गुच्छा, माला बिक्री, वितरण, भण्डारण, ओसारपसार र प्रयोग अत्यधिक मात्रामा हुँदै आएकोले ४० माइक्रोन भन्दा पातला झोलाको बिक्री वितरण, भण्डारण, ओसारपसार र प्रयोगमा प्रतिबन्ध लगाईएको वडाले सूचना मार्फत जानकारी गराएको छ ।
स्थानीय उत्पादन तथा मौलिक पहिचानको प्रवर्द्धन तथा संरक्षण समेत हुने भएकोले वडाबासी, व्यवसायी, उत्पादक, वितरक, भण्डारणकर्ता देखि प्रयोगकर्ता समेतलाई तिहार एवम् छठपर्वमा प्लाष्टिकको झोलाको विकल्पमा कागज वा कपडाको झोला प्रयोग गर्न र स्थानीय उत्पादन तथा प्राकृतिक स्वदेशी फूलको उत्पादन एवम् प्रवर्द्धन गर्न आग्रह गरेको छ ।
प्लाष्टिकका फूलको प्रयोगले वातावरण क्षति हुने, माटोमा नकुहिने, नगल्ने, वातावरणीय सौन्दर्य समेतमा नकारात्मक असर पर्ने भएकाले त्यस्को प्रयोगमा कमी गर्नुपर्ने चौतर्फी दवाव बढ्दै गएको छ । नगरपालिकाले स्वदेशी तथा गर्नुहुन सूचनामा भनेको छ ।
कार्यालयको अनुगमन टोलीले निरीक्षणको क्रममा उक्त निषेधित कार्य भए गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा पनि सूचनामा उल्लेख गरिएको छ ।
One thought on “धादिङबेसीमा प्लाष्टिकको फूल माला बिक्री र प्रयोग गर्न नपाइने”
Comments are closed.
225g48