कस्तो छ आजको मौसम ?

119 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ,२०८१ कार्तिक २५ आइतबार । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी  तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै  स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी  तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टा देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको र देशका उच्च पहाडी  तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।