भुमि अधिकार तथा श्रमिक संगठन अध्यक्षमा पदम सिलवाल चयन

140 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ ,३० कात्तिक २०८१ ।    नेकपा एमाले निकट रहेको भुमि अधिकार तथा श्रमिक संगठन धादिङको अध्यक्षमा पदम सिलवाल चयन हुनु भएको छ ।

धादिङबेसीमा शुक्रबार सम्पन्न भएको संगठनकाे प्रथम जिल्ला अधिवेशनबाट उपाध्यक्षमा रामप्रसाद जमकट्टेल, श्यामकृष्ण सुवेदी , सचिवमा देवराज पाैडेल , उपसचिवमा अञ्जुर गुरुङ र चन्द्र सिलवाल र काेषाध्यक्षमा डम्बरबहादुर राेक्कालाई चयन गरेकाे हो ।

अधिवेशनले संगठनकाे सदस्यहरुमा निलकण्ठका इन्द्रबहादुर खाँण, कृष्ण बहादुर सुनार, तुलबहादुर परियार, ज्वालामुखीबाट अर्जुन खनाल, तुल नारायण श्रेष्ठ, बेनिघाटराेराङबाट पार्वती विसुराल, रामबहादुर परियार, थाक्रेबाट मनराज लामा, गाेकुल सुनार, त्रिपुरासुन्दरीबाट एकराज कँडेल, रामकृष्ण बसाैला, नेत्रावतीडबजाेङबाट ज्ञानु नेपाली, थुमसाङ तामाङ, गजुरीबाट चमेली राई, सीता चेपाङ, गल्छीबाट गाेपाल बिक, इन्द्रबहादुर भुजेल, धुनिबेसीबाट मुकुन्द राई, खेमनाथ लुईटेल, गंगाजमुनाबाट आकाश तामाङ, कृष्णबहादुर नेपाली चयन हुनुभएकाे छ ।

अधिबेशनको उद्घाटन नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ ईन्चार्ज खेम लाेहनीले गर्नु भएको थियो ।

 बाबुराम लम्सालकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा नेकपा एमाले धादिङका नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठी,उपाध्यक्ष अर्जुन श्रेष्ठ, सचिव राधिका सापकाेटा, संगठनका केन्द्रीय सचिव रामकुमार रायमाझी, केन्द्रीय सदस्य उद्धव रिजाल, लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।