सडक माथिको जमिन चिरिएपछि कोइराले नजिकै पृथ्वीराजमार्गमा पहिरोको त्रास (भिडियो सहित)

1172 पटक पढिएको

३ मंसिर २०८१, सोमबार ०६:४१ सम्पादक: धादिङ न्यूज

धादिङ, २०८१ मंसीर ३ । थांक्रे गाउँपालिका वडा नम्बर २ पृथ्वीराजमार्गमाको सिम्ले र कोइरालेको बिच  भागमा   पहिरोको जोखिम बढेको छ ।

राजमार्ग पुर्ननिर्माणका क्रममा यो ठाउँमा निरन्तर सुख्खा पहिरो खस्नेक्रम बढ्दै गएको छ ।
दिनहुँ हजारौं सवारी साधन ओहोर दोहोर गर्ने राजमार्गको माथिल्लो भागमा ठाउँ ठाउँमा धाँजा फाटेर  सडकमा खस्ने अवस्थामा पुगेको छ । उक्त पहिरोलाई समयमै रोकथाम गर्ने तर्फ सम्वन्धित निकायले ध्यान नदिनेहो भने जुनसुकै बेला पहिरोले क्षती गर्न सक्ने भन्दै स्थानीय त्रसित हुन पुगेका छन् ।यहि सडक भएर दिनहुँ हजारौं सवारी साधनका साथै स्थानीयहरु पैदलै यात्रा गरिरहेका हुन्छन् ।
सडक पुनर्निमाणको काम भईरहेको र यो ठाउँमा पटक पटक सुख्खा पहिरो खसेर घण्टौं सम्म राजमार्गमा आवागमन समेत रोकिने गरेको छ । अहिले सडक भन्दा माथिको ठूलो भाग चिरिएर खस्ने अबस्थामा रहेकाले भोलीका दिनमा कुनै दुःखद घटना हुनु अघिनै पहिरोको व्यवस्थापन गर्नुपर्ने स्थानीय वताउँछन ।