हुग्दिखोला नजिकैबाट ट्रक त्रिशूली नदीमा खस्यो ,३ जनाकाे उद्वार
214 पटक पढिएको

धादिङ, ४ मंसिर २०८१ । धादिङको बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर १० मा पर्ने हुग्दिखोला नजिकै पृथ्वीराजमार्गबाट मालबाहक ट्रक त्रिशूली नदीमा खसेको छ ।
नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २५० नम्बरको ट्रक आज बिहान पौने छ बजेतिर त्रिशूली नदीमा खसेको थियो । दुर्घटनास्थलबाट ट्रक चालक नवलपरासी पश्चिमका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापामगर र ट्रक धनी खैरहनी नगरपालिकाका ४६ वर्षीय सुरेश गुरुङलाई उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रह्लाद सिलवालले जानकारी दिए ।