ग्राहकका कागजात दुरुपयोग गर्ने खल्ती वालेटका ३ कर्मचारी पक्राउ पक्राउ पर्नेमा धादिङ ज्वालामुखी गाउँपालिका-५ का २० वर्षीय साहिल श्रेष्ठ पनि
189 पटक पढिएको

काठमाडौं ११ मंसिर २०८१ । ग्राहकका कागजातहरू फोटो, नागरिकताको प्रतिलिपिलगायत विवरण डाउनलोड गरेर अपराधिक समूहलाई उपलव्ध गराएको आरोपमा खल्ती वालेटका तीन कर्मचारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा धादिङ ज्वालामुखी गाउँपालिका-५ ठेगाना भई काठमाडौं तिलगंगा बस्ने २० वर्षीय साहिल श्रेष्ठ, गोरखा सिरानचोक गाउँपालिका-४ ठेगाना भई काठमाडौं कलंकी बस्ने २२ वर्षीय सविन कुमार कुमाल र रामेछाप उमाकुण्ड गाउँपालिका-२ ठेगाना भई काठमाडौं पशुपति बस्ने २२ वर्षीय सुरेन्द्र बस्नेत रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका तीनै जना खल्ती वालेटमा सेवाग्रहीहरूको केवाईसी रूजु गर्ने कर्मचारीभएको प्रहरीले जनाएको छ ।
वालेटका ग्राहकहरूको केवाईसी रूजु गर्ने विभागका ती कर्मचारीहरूले वालेटका सेवाग्राहीहरूले आफ्नो वालेटको केवाईसी रूजु गर्नको लागि अपलोड गरिएका विवरणहरूबाट फोटो, नागरिकताको प्रतिलिपी लगायतका विवरण डाउनलोड गरी आपराधिक गिरोहसँग कमिसन लिई अन्य व्यक्तिहरूको नाममा फरक-फरक मोवाइल नम्बरहरूबाट ५५ वटा भन्दा बढी वालेटहरू गैरकानुनी रूपमा खोली उक्त वालेटहरूलाई रूजु गरी आर्थिक कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनीहरू उपर आपराधिक विश्वासघात गर्न नहुने कसूरमा कानून बमोजिम आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर जावलाखेल पठाइएको छ ।