आदमटारमा  स्थायी वन्ध्याकरण शिविर र लैङ्गिक हिंसा सचेतना कार्यक्रम सम्पन्न

810 पटक पढिएको

१२ मंसिर २०८१, बुधबार ०६:२७ सम्पादक: धादिङ न्यूज

आदमटार, १२ मंसिर २०८१ । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ७ आदमटारमा  स्थायी वन्ध्याकरण शिविर तथा लैङ्गिक हिंसा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

शिविरबाट ७ जनाले मिनिल्याप, १ जनाले आयुसिडि र २ जनाले भ्याक्सेटोमी सेवा लिएको सिद्धलेक गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शंकर बाबु दुवाडीले जानकारी दिनु भयो ।

जनस्वास्थ्य कार्यालय धादिङको आयोजना तथा सिद्धलेक गाउँपालिकाको समन्वय र मेरि स्टोप्स काठमाडौको प्राविधिक सहयोगमा आयोजित शिविर आदमटारआधारभुत स्वास्थ्य सेवा केन्द्रमा मगलबार सम्पन्न भएको हो ।

सिद्धलेक गाउँपालिका वडा नं ७ का वडाध्यक्ष एवं स्वास्थ्य केन्द्रका सञ्चालन समितिका अध्यक्ष सानो गिरिको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रममा सिद्धलेक गाउँ पालिका उपाध्यक्ष सविता अर्यालको प्रमुख आतिथ्य रहेको थियो ।

शिविर उद्घाटनका क्रममा सिद्धलेक गाउँपालिका उपाध्यक्ष अर्याल, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, स्वास्थ्य कार्यालयका पहेन अधिकृत देवीकला रेग्मी लगायतले लैङ्गिक हिंसाको अवस्था, यसबाट निम्तेका समस्याहरु, न्यूनिकरणका लागि भएका पहल, कानूनी उपचार लगायतका बिषयमा आ आफ्नो धारणा राखेर लैगिक हिसा सम्वन्धि अभिमुखिकरण गर्नु भएको थियो ।